१६ चैत्र २०८०, शुक्रबार
पछिल्लो २४ घण्टामा ४२२ जना सङ्क्रमित थपिए ११ मृत्यु

  • टाइम्स संवाददाता

  • १६ कार्तिक २०७८, मंगलवार १६:४६

पछिल्लो २४ घण्टामा ४२२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, तीन हजार १७२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।५ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४२७ पुगेको छ । त्यस्तै नेपालमा हाल नौ हजार १७४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech