१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ७ जना थपिए, ३ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १६ कार्तिक २०७८, मंगलवार १६:५५

बाँकेमा पछिल्लो २४ घण्टामा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २९ नमूना परिक्षण गर्दा ४ जना, नेपालगञ्ज मेडिकेल कलेजमा २५ नमूना परिक्षण गर्दा ३ जना र बागेश्वरी ल्याबमा ५ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १ जना छन् । १ जना महिलामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार २४४ नमुना परीक्षण गर्दा १८ हजार ४ सय ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । २ जना महिला र १ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १८ हजार २९ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ५ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा ३ जना रहेका छन् भने ८ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech