६ बैशाख २०८१, बिहीबार
खजुरामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि अन्तरक्रिया

  • टाइम्स संवाददाता

  • १६ कार्तिक २०७८, मंगलवार १७:०५

बाँकेको खजुरामा मंगलबार यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्लान इन्टरनेशनल बाँकेको सहयोग तथा खजुरा गाउँपालिकाको सहकार्यमा बी गुप नेपालगञ्जको आयोजनमा नेतृत्व र निर्णय परियोजना अन्र्तगत यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुर्य नेपालीले बताए । कार्यक्रममा प्रशिक्षण दिँदै भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले २० बर्ष नपुग्दै २८ प्रतिशत किशोर किशोरीले बिवाह गर्ने गरेको बताइन् । यसरी २० बर्ष मुनिका किशोरीले बच्च जन्माउँदा मृत्यु हुने खतरा दुई गुणा बढी रहेको श्रेष्ठले बताइन् । किशोर किशोरीहरुलार्ई यौन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका साधनबारे सचेतनाको कमीका कारण अहिले किशोरकिशोरीहरु असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । असुरक्षित गर्भपतन गराउँदा ९ प्रतिशत महिलाको मुत्यु हुने गरेको श्रेष्ठले जानकारी दिइन् । १२ हप्ता भन्दा बढीको गर्भपटन गराउदा खतरा हुने कार्यक्रममा जनाइएको छ । कार्यक्रममा बिभिन्न सञ्चार माध्यमका एक दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागी पत्रकारहरुले यौन तथा प्रजनन् स्वास्थ्यका लागि मिडिया मार्फत आफुहरुले खेल्नु पर्ने भुमिकाबारे प्रतिबद्धता जनाएको फिल्ड सुपरभाइजर लक्ष्मी खत्रीले बताए ।

Nabintech