१५ चैत्र २०८०, बिहीबार
जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

  • टाइम्स संवाददाता

  • १७ कार्तिक २०७८, बुधबार ०८:०६

जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ​ नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् । त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन ।

Nabintech