१६ चैत्र २०८०, शुक्रबार
३९५ जना नयाँ सङ्क्रमित थपिए, सात जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १७ कार्तिक २०७८, बुधबार १७:०१

पछिल्लो २४ घण्टामा ३९५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५७७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, तीन हजार ३३६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४३९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा सात जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३४ पुगेको छ । त्यस्तै नेपालमा हाल नौ हजार १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ७० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech