१४ बैशाख २०८१, शुक्रबार
सल्यान बस दुर्घटना : १२ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २१ कार्तिक २०७८, आईतवार १५:५५

सल्यानमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द थापाले अहिलेसम्म दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जानकारी दिनुभयो । मृत्यु हुनेमा दुई जना पुरुष र १० जना महिला रहेको डीएसपी थापाले बताउनुभयो । मृत्यु भएकाहरुको सनाखत भइ नसकेको उहाँले बताउनुभयो । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख १५५२ नम्बरको बस आइतबार मध्याह्न १२ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा २० जना घाइते भएको उहाँले बताउनुभयो । घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी लिनुभयो ।  तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

Nabintech