१४ बैशाख २०८१, शुक्रबार
३७१ जना सङ्क्रमित थपिए, पाँच जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७८, सोमबार १६:४१

पछिल्लो २४ घण्टामा ३७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ४२० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५३ पुगेको छ । त्यस्तै नेपालमा हालसम्म सात हजार ६५४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १९ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech