१४ बैशाख २०८१, शुक्रबार
कोरोना संक्रमित एकको निधन

  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७८, सोमबार १६:४५

कोरोना भाइरस संक्रमणबाट नेपालगन्जकी एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– १८ कारकाँदो निवासी ६९ वर्षकी महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो । ती महिलालाई कार्तिक ६ गते कोरोना पुष्टि भएको थियो। त्यसैदिन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नहुँदा उनको गएराती मृत्यु भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रले जनाएको छ । यो संगै बाँकेमा कोरोनाबाट मृत्युु हुनेको संख्या ३४० पुगेको छ।

Nabintech