६ बैशाख २०८१, बिहीबार
थप ४४३ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०७८, मंगलवार १७:२१

पछिल्लो २४ घण्टामा ४४३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ८१८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५४ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा ४३ हजार ३८० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा हालसम्म सात हजार ६१२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech