७ बैशाख २०८१, शुक्रबार
नेपालगञ्जबाट अवैध सामान बरामद

  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०७८, मंगलवार १७:२४

भारतबाट भन्सार छलिको साइकल र मोटरसाइकलको विभिन्न पार्टपूर्जा र फलफुल सशस्त्र प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ प्रिपहवा नजिकैबाट पार्टपूर्जा र फलफुल बरामद गरिएको जमुनाहाका सशस्त्र प्रहरी निरीक्षक जिवलाल बुढाले जानकारी दिए । सहायक प्रहरी निरीक्षक जनकसिंह बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले १ लाख ३५ हजार मूल्य बराबरको सो सामान बरामद गरेको हो । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

Nabintech