१६ चैत्र २०८०, शुक्रबार
३८७ जना नयाँ सङ्क्रमित थपिए, छ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०७८, बुधबार १६:३८

पछिल्लो २४ घण्टामा ३८७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ४०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ४०७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६० पुगेको छ । साथै पछिल्लो २४ घण्टामा १६ हजार ५२९ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा हालसम्म सात हजार ५१९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech