१६ चैत्र २०८०, शुक्रबार
पछिल्लो २४ घण्टामा ३०१ जना सङ्क्रमित थपिए, छ काे मृत्यु

  • टाइम्स संवाददाता

  • २५ कार्तिक २०७८, बिहीबार १७:२४

पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ६०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, तीन हजार ४४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा २७९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६६ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा चार हजार ५१६ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा हालसम्म सात हजार ५३५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech