८ बैशाख २०८१, शनिबार
जुसको बट्टामा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित एक युवक पक्राउ

  • टाइम्स संवाददाता

  • २६ कार्तिक २०७८, शुक्रबार १७:१४

जुसको बट्टामा प्रतिबन्धित लागुऔषध ल्याउँदै गरेका एक व्यक्ति बाँकेमा पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३० वर्षीय बबिन शाही बाँकेस्थित जमुनाहा नाकाबाट पक्राउ परेका हुन्। शाहीले प्रहरीको आँखा छल्न रियल जुसको दुई वटा बट्टामा राखेर दुई लिटर प्रतिबन्धित लागुऔषध कोरेक्स र १५ ट्याबलेट नाइट्रोभ्याट नामक लागुऔषध ल्याउँदै गर्दा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ स्थित इलाका प्रहरी कार्यालय जमुनाहा र लागुऔषध ब्युरो शाखा नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले शाहीलाई बिहीबार बेलुका सवा ६ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका शाहीमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

Nabintech