८ बैशाख २०८१, शनिबार
कोहलपुरमा काँग्रेसको महाधिवेशनः कतै सर्वसम्मत, कतै निर्वाचन

  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०७८, शनिबार २१:४२

नेपली काँग्रेसको १४ औं महाधिवेशन वडा तहको आजबाट सुरु भएको छ । बाँकेको कोहलपुर नगरपालिका भित्र नेपाली काँग्रेसको निर्वाचनमा कुनै वडामा सर्वसम्मत भएको छ भने कुनै वडामा निर्वाचन हुने भएको छ । कोहलपुर नगरपालिका वडा नं. १, ४, ७, ९, १४ र १५ मा वडा कार्य समिति र क्षेत्रिय प्रतिनिधिहरु सर्वसम्मत निर्वाचित भएका छन् । वडा नं. १ मा १६ जना, वडा नं. ४ मा १८ जना, वडा नं. ७ मा १८ जना, वडा नं. ९ मा १९ जना, वडा नं. १४ मा १७ जना र वडा नं. १८ जना क्षेत्रिय प्रतिनिधिहरु निविरोध निर्वाचित भएका छन् ।
कोहलपुर नगरपालिका वडा नं. २ मा वडा सदस्य तर्फ आदीवासी, दलित र थारु निविरोध निर्वाचित भएका छन् । साथै क्षेत्रिय प्रतिनिधि तर्फ मधेशी र अपांग सदस्य निविरोध निर्वाचित भएका छन् भने बाँकी पदमा निर्वाचन हुने भएको छ । वडा नं. ३ मा वडा सभापति पदमा निर्वाचन हुने र क्षेत्रिय प्रतिनिधि तर्फ जनजाति, अपांग र मुस्लिम सर्वसम्मत निर्वाचित भएका छन भने अन्यमा निर्वाचन हुने भएको छ । त्यस्तै वडा नं. ५ मा वडा सभापति र क्षेत्रिय प्रतिनिधिमा निर्वाचन हुने भएको छ भने अन्य पदहरुमा सर्वसम्मत भएको छ । यसका साथै वडा नं. ६ मा वडा सभापति पदमा निर्वाचन हुने र क्षेत्रिय प्रतिनिधि तर्फ मधेशी र मुस्लिम प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन भने अन्यमा निर्वाचन हुने भएको छ । वडा नं. ८ वडामा वडा सदस्य तर्फ मधेशी, जनजाति, आदिवासी सर्वसम्मत भएका छन् भने क्षेत्रिय प्रतिनिधि तर्फ अल्पसंख्यक र थारु प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्भने अन्य पदमा निर्वाचन हुने भएको छ ।
कोहलपुर– १० भने वडा कार्य समिति र क्षेत्रिय प्रतिनिधि सबैको निर्वाचन हुनेभएको छ भने वडा नं. ११ मा वडा सभापति र क्षेत्रिय प्रतिनिधिमा निर्वाचन हुने, वडा नं. १२ मा वडा सभापति र क्षेत्रिय प्रतिनिधिमा निर्वाचन हुने, वडा नं.१३ मा वडा कार्य समिति निवरोध निर्वाचित भएकाछन् भने क्षेत्रिय प्रतिनिधि तर्फ दलित, अपांग र खस आर्यका प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन् भने अन्यमा निर्वाचन हुने भएको छ । साथै वडा नं. २ मा १७ जना, वडा नं. ३ मा १६ जना, वडा नं. ५ मा ६ जना, वडा नं. ६ मा १७ जना, वडा नं. ८ मा २७ जना र वडा नं. १० मा ३६ जना, वडा नं. ११ मा २७ जना, वडा नं. १२ मा १७ जना, वडा नं. १३ मा २३ जना क्षेत्रिय प्रतिनिधिहरु निर्वाचित हुने भएका छन् ।

 

Nabintech