१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका १ जना थपिए, एक जनाको निधन

  • टाइम्स संवाददाता

  • २८ कार्तिक २०७८, आईतवार १७:१६

बाँकेमा पछिल्लो २४ घण्टामा थप १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ४७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज मेडिकेल कलेजमा २७ नमूना परिक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा २० नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार ८३६ नमुना परीक्षण गर्दा १८ हजार ४ सय ३५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएसँगै बाँके जिल्लामा हालसम्म १८ हजार ६६ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये २ जना सिकिस्त बिरामी भने ११ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् । त्यस्तै बाँकेमा कोरोना भाइरस संक्रमणबाट शनिवार थप एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१० दाङका ४५ वर्षीया महिलाको मृत्यु भएको हो । ती महिलाको भेरी अस्पतालमा उपचारका क्रममा विहान १० बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । उनलाई कात्तिक १७ गते कोभिड पुष्टि भएको थियो । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४२९ जनाको मृत्यु भएको छ ।

Nabintech