११ बैशाख २०८१, मंगलवार
पछिल्लो २४ घण्टामा २९१ जना सङ्क्रमित थपिए छको मृत्यु

  • टाइम्स संवाददाता

  • २८ कार्तिक २०७८, आईतवार १७:३१

पछिल्लो २४ घण्टामा २९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । अाठ हजार ८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५९८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Nabintech