८ बैशाख २०८१, शनिबार
अवरुद्ध कोहलपुर–चिसापानी सडकखण्ड खुल्यो

  • टाइम्स संवाददाता

  • २८ कार्तिक २०७८, आईतवार १७:३४

रत्न राजमार्गअन्तर्गत् अवरुद्ध कोहलपुर–चिसापानी सडकखण्ड खुलेको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु भएपछि आफन्त र स्थानीयले वानियाभारमा मध्यान्ह सडक अवरुद्ध गरेका थिए । तीन दिनअघि मोटरसाइकलको ठक्करबाट बाँके बैजनाथ गाउँपालिका ४ वानियाभारका ६३ वर्षीय वीरबहादुर वली घाइते भएका थिए । उनको उपचारका क्रममा कोहलपुुर मेडिकल कलेजमा शनिवार मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ गर्नुपर्ने, उचित क्षतीपूर्ति दिनुपर्नेलगायतका माग राखेर उनीहरुले सडक अवरुद्ध गरेका थिए । इप्रका कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार, ठक्कर दिने मोटरसाइकल र चालकलाई पर्सिसम्म उपस्थित गराउने प्रहरीले प्रतिबद्धता जनाएपछि स्थानीय बाटो खुलाउन सहमत भएका हुन् । बैजनाथ गाउँपालिका ५ का प्रकाश बस्नेतले चलाएको मोटरसाइकलले वलीलाई ठक्कर दिएको थियो । यद्यपी बस्नेत भने अझै फरार छन् ।

Nabintech