१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरमा काँग्रेसलाई बलियो बनाउँछु : बिरेन्द्र कुमार शाह

  • टाइम्स संवाददाता

  • ३० कार्तिक २०७८, मंगलवार २१:४३

नेपाली काँग्रेसको १४ औं महाधिवेशन देश भर चलिरहेको छ । नेपाली काँग्रेसको महाधिवेशन वडा, गाउँ÷नगर हुँदै क्षेत्र र जिल्ला अधिवेशनको चलहपहल बढिरहेको छ । कोहलपुरमा काँग्रेसको नीति र विचारलाई जनताको बिचमा लिनसक्ने यूवा, सक्षम र जनता प्रति उत्तरदायि नेतृत्वको खोजि कोहलपुर काँग्रेसले गरेको छ । कोहलपुरको विकास र समृद्धिका लागि पार्टीमा दुरदर्शि र काँग्रेसको नीति र विचारलाई जनताको बिचमा पु¥याउन सक्ने यूवा नेतृत्वको आवश्यकता परिरहेको छ । काँग्रेसले मागेको नेतृत्व र व्यक्तित्वका लागि बिरेन्द्र कुमार शाह मैदानमा उत्र्ने घोषणा गर्नु भएको छ । माओवादीको द्धन्द्धकालमा काँग्रेस भएकै कारण विभिन्न यातना भोगेका शाह कोहलपुरको नेपाली काँग्रेस नगर सभापतिका लागि बलियो काँग्रेस, संगठित काँग्रेस निर्माण गर्नका लागि नेपाली काँग्रेस कोहलपुरको नगर सभापति पदमा उम्मेद्धवारी घोषणा गर्नु भएका बिरेन्द्र कुमार शाहसँग कोहलपुर टायम्सका लागि गरिएको कुराकानी :
१. यहाँलाई स्वागत छ ?
– धन्यवाद ।
२. नेपाली काँग्रेस कोहलपुर नगरको पार्टी सभापतिमा तपाईले पनि उम्मेद्धवारी घोषणा गर्नु भएको छ ? पार्टी सभापतिमा तपाईको उम्मेद्वारी किन् ?
– नेपाली काँग्रेसले लोककल्याणकारी राज्य व्यवस्थाको सिद्धान्तलाई आत्मासाथ गरेको छ । जनतालाई अधिकार सम्पन्न बनाउन विगतदेखि संघर्ष गर्दै आएका छौं । कोहलपुरका जनताको सपनासँग पार्टीको सिद्धान्त जोड्नु छ । शिक्षालाई गुणस्तर, स्वास्थ्यमा जनताको पहुँच, कृषिमा आधुनिक यान्त्रिकरणको प्रयोग, यूवालाई रोजगार र उद्यमशिल बनाउनका लागि अब काँग्रेस कोहलपुर नगरको नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनु छ । यसका लागि नेपाली काँग्रेस कोहलपुरका अग्रजको सुझाव, यूवाको साथ, कार्यकर्ताको जिम्मेवारपूर्ण विश्वासका साथ पार्टीको नगर सभापतिमा उम्मेद्धवारी घोषणा गरेको छु । पार्टीको अन्तरिक संरचनालाई बलियो बनाउन, आगामि निर्वाचनमा पार्टीका नीति तथा कार्यक्रमहरु जनताका बिचमा लिएर पार्टीका वडा तहदेखि प्रतिनिधिसभा सदस्य सम्मका उम्मेद्धवारलाई बिजय गराउन र कोहलपुरको विकास र समृद्धका लागि मेरो उम्मेद्धवारी रहेकोछ । यसका साथै पार्टी भित्र विगतदेखि आफ्नो जीवन समर्पित गरेका नेता तथा कार्यकर्ताहरुको उचित व्यवस्थान गर्न, पार्टीलाई एकताबद्ध बनाउन, पार्टीलाई विधान अनुसार संचालन गर्न, जनताको सुःख,दुःखमा साथ दिन र पार्टीको विचार र सिद्धान्तसँग कोहलपुरका जनतालाई जोड्नु नै मेरोे प्रमुख लक्ष्य हुने छ ।
३. नेपाली काँग्रेस कोहलपुर नगर सभापतिमा तपाईले जित्ने आधार के ?
– नेपाली काँग्रेसका आम क्षेत्रिय प्रतिनिधिले म प्रति गर्ने विश्वास नै मेरो जित्ने आधार हो । मैले विगतदेखि पार्टीका लागि गरेका विभिन्न कार्यहरुको उच्च मूल्यांकन गरी नगरसभापतिमा मलाई जिम्मेवारी दिनुहुनेछ भने मैले विश्वास लिएको छु । काँग्रेसलाई आधुनिक र संगठित बनाउनका लागि मैले स्पष्ट लक्ष्य लिएको छु । मैले लिएको लक्ष्य र उद्देश्य पुरा गर्नका लागि पार्टीका नेता तथा कार्यकर्ताले साथ दिनेछ भन्ने आशा गरेको छु । निर्वाचन लोकतन्त्रीक प्रक्रिया भएकोले लोकतन्त्रप्रति हाम्रो विश्वास नैमैले निर्वाचन जित्ने आधार हो । सबै भन्दा बढि पार्टीको नेता तथा कार्यकर्ता र क्षेत्रिय प्रतिनिधिहरुको साथ र सहयोग नै मेरो जित्ने आधार हो ।
४. पार्टी भित्र दुई धार स्पष्ट रुपमा देखिएको अवस्थमा पार्टीलाई एकताबद्ध गराउन कस्तो योजना बनाउनु भएको छ ?
– हाम्रो पार्टी लोकतन्त्रीक पार्टी हो । आन्तरिक संगठनलाई बलियो बनाउन पार्टी भित्र दुईधार रचनात्मक कुरा हुन् । पार्टीको आन्तरिक प्रस्तिपर्धाले नेपाली काँग्रेसको संठनलाई जीवित बनाउने लोकतन्त्रीक प्रक्रियाको महत्वपूर्ण विशेषता हो । हाम्रो पार्टीको आन्तरिक जीवनको निर्वाचन भएकाले म लगायत हाम्रो टिम निर्वाचत भएको खण्डमा काँग्रेसलाई गतिशिल र संगठनलाई मजबुद बनाउने लक्ष्य हुनेछ । यसका लागि म निरन्तर पार्टीका सबै नेता तथा कार्यकर्ताको सुझाव लिएर काम गर्नेछु । हाम्रो प्रमुख उद्देश्य जनताको सेवा गर्नु नै हो । हामी जनता प्रति उत्तरदायि छौं । पार्टीलाई लोकन्त्रीक बनाउनका लागि समूह हुन आवश्यक छ । कुनै पनि संस्था भित्र समूह भएन भने त्यहाँ तानाशाह लागु हुन्छ । काँग्रेस लोकतन्त्रका लागि लडेको पार्टी हो । पार्टी भित्रको आन्तरिक निर्वाचनमा समूहगत रुपमा जानुपर्ने कुरा संसारका सबै लोकतन्त्रवादीहरुले आत्मासाथ गरेको कुरा हो । हाम्रो पार्टी नेपाली काँग्रेस भित्र देखिएका समूहहरुलाई मिलाउन सक्ने नेतृत्वको आवश्यकता छ ।यसका लागि हामी भित्रको आन्तरिक निर्वाचन भएकाले हार्दिकता एव्म सहिष्णुतापूर्ण तरिकाले महाधिवेशन सम्पन्न हुन्छ । म यसमा पूर्ण रुपमा ढुक्क छु । पार्टी भित्र देखिएका केहि मतभेदहरु अन्त्य हुन्छ, त्यसका लागि हामी बिच सकरात्मक चिन्तनको विकास हुन आवश्यक छ । हामी त्यसका लागि निरन्तर रुपमा एकतामै छौं ।
५. अन्त्यमा तपाईको कुनै सन्देश ?
– नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेपाली काँग्रेस कोहलपुर नगर पार्टी सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेकोछु । नेपाली काँग्रेस कोहलपुर नगरका नेता तथा कार्यकर्ताहरुले मलाई पार्टी सभापतिका रुपमा कार्यसम्पादन गर्ने जिम्मेवारी दिएको अवस्थामा पार्टीलाई आगामि हुने निर्वाचनमा कोहलपुरका वडा, नगर, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधि सभामा पार्टीबाट उम्मेद्धवार बनेका सबै उम्मेद्धवारलाई बिजय गराउने सपना र योजना लिएको छु । त्यसका लागि पार्टीको आन्तरिक संगठन बलियो बनाउँछु, पार्टीलाई चलायमान बनाउँछु, पार्टीले लिएको नीति तथा कार्यक्रम र सिद्धान्त जनताका बिचमा लिन्छु । सभापति भएको अवस्थामा आम नेता तथा कार्यकर्ताहरुलाई पार्टीले गर्ने कामबाट निराश बनाउँदिन् । भरोसायोग्य काँग्रेस निर्माण गर्छु । अन्य पार्टीभन्दा नेपाली काँग्रेसको बिचारलाई एक तह माथि रहने गरी सुस्पष्ट रणनीति लिएको छु । त्यसका लागि कोहलपुर नगरका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई नगर सभापतिका रुपमा मलाई र मेरो टिमलाई साथ र सहयोग गरिदिन हार्दिक अुनरोध गर्दछु ।

Nabintech