१६ चैत्र २०८०, शुक्रबार
पु्जन पश्चिम नेपालको समावेशी कोटाको केन्द्रीय सदस्यको उम्मेदवार

  • टाइम्स संवाददाता

  • १० मंसिर २०७८, शुक्रबार १६:०९

द्वन्द्व पत्रकारिता क्षेत्रबाट सक्रिय राजनीतिमा लागेका नेकपा एमाले बाँकेका नेता पुजन विश्वकर्माले दशौँ राष्ट्रिय महाधिवेशनमा समावेशी कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सुनसरीदेखि काठमाण्डौ हुदै बाँकेमा २ दशकदेखि संघर्षरत नेता विश्वकर्मा एमाले बाँके केपि पक्षमा रहि अञ्चल कमिटी सदस्य, प्रदेश कमिटी सदस्य मात्र नभए्र नेकपा डबलका केन्द्रीय सदस्य समेत भएर जनताका काम गरेका छन । एमाले बाँकेका युवा विद्यार्थीमा मात्र नभएर बाँकेका सबै वडामा नेता पुजन बैचारिक र स्वच्छ छविका नेताका रुपमा चिनिन्छन । बिभिन्न पार्टीहरुमा जातका नाममा संगठन बनाउने र संघर्ष गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सामाजिक, आर्थिक राजनीतिक रुपान्तरणका लागि बर्गिय संघर्षको विकल्प नभएको नेता विश्वकर्मा बताउछन । नेकपा एमालेले असार १५ देखि १७ मा ललितपुरमा आयोजना गरेको प्रथम विद्यान महाधिवेशन, कार्तिक ६ गतेको ६हजार ७ सय ४३ वडा अधिवेशन र ७ सय ५३ पालिका कमिटीहरुमा प्रदर्शित गरेको सहमति र एकता दशौँ राष्ट्रिय महाधिवेशनमा पनि पुष्टि गरिने समेत उनले दावी गरेका छन । उनले नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने नेतृत्व चयन गर्न सक्षम रहेको बताए ।

Nabintech