१६ चैत्र २०८०, शुक्रबार
तक्षशिला एकेडेमीद्धारा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • १२ मंसिर २०७८, आईतवार १८:२४

बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीले एक दिवसीय असल अभिभावकत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ। करिब पाँच सय अभिभावक सहभागिता रहेको कार्यक्रममा शैक्षिक अभियान्ता एव उत्प्रेरक क्षेत्र प्रसाद ज्ञवालिले सहजिकरण गरेका थिए । कार्यक्रममा उनले बालबालिकाहरुको शैक्षिक सुधारकालागि अभिभावक प्रमुख स्रोत भएकाले अभिभावक शिक्षा कार्यक्रमले शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खलिरहेको बताएका छन् । साथै उनले विद्यालय, विद्यार्थी र अभिभावकहरुको सहकार्यले मात्र गुणस्तरिय शिक्षा उपलब्ध गराउन सकिने बताएका छन् । विद्यालयले विद्यार्थीहरुलाइ विभिन्न खाले रचनात्मक क्रियाकलापहरु गर्दै आइरहेको तक्षशिला एकेडेमीका प्रिन्सिपल बासु गिरिले जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक, विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

Nabintech