८ बैशाख २०८१, शनिबार
खजुरा, नरैनापुर र बैजनाथमा मतदाता नामावली संकलन गरिँदै

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०७८, शुक्रबार १५:४०

शुक्रवारदेखि बाँकेसहित ७७ वटै जिल्लाका पालिकाहरुमा मतदाता नामावली संकलन शुरु गरिएको छ । निर्वाचन आयोगको देशव्यापी अभियानअन्तर्गत पहिलो चरणमा बाँकेमा शुक्रवारदेखि खजुरा, नरैनापुर र बैजनाथ गाउँपालिकामा नामावली संकलन शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए । यी पालिकाका केन्द्रमा शुक्रवारदेखि पुस २ गतेसम्म १५ दिन लगाएर नामावली संकलन गरिने छ । पुस ४ गतेदेखि १८ गतेसम्म डुडुवा, राप्तीसोनारी र जानकी गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय तथा कोहलपुर नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालय कोहलपुरबाट मतदाता नामावली संकलन हुने प्रमुख सुवेदीले जानकारी दिए ।

Nabintech