७ बैशाख २०८१, शुक्रबार
जीप दुर्घटना, एकको मृत्यु , चार जना गम्भीर घाइते

  • टाइम्स संवाददाता

  • २० मंसिर २०७८, सोमबार २०:१८

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सोमबार बेलुकी बैतडीको पाटनबाट सकारतर्फ गईरहेको से १ ज ८८८ नम्बरको जीप ५ बजेर ५६ मिनेटमा पाटन नगरपालिका १, सकार खोलामा दुघर्टना हुँदा घटना स्थलमै एक जनाको मृत्यु भएको र चार जना गम्भीर घाईते भएको यातायात व्यवसायी दिनेश बिष्टले बताउनुभयो । जीपमा १० जना सवार र रहेको बिष्टले बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

Nabintech