७ बैशाख २०८१, शुक्रबार
म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेका छन् : देउवा

  • टाइम्स संवाददाता

  • २४ मंसिर २०७८, शुक्रबार १८:५५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेको दावी गरेका छन् । ओली सरकारको पालाको डरत्राशबाट जनता मुक्त भएको भनदै उनले अबको महाधिवेशनले यसलाई अगाडि बढाउने वा नबढाउने तय गर्ने बताए ।

पार्टी महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै देउवाले आउँदो चुनावपछि केन्द्रदेखि गाउँसम्म कांग्रेसको सरकार बनाउने जिम्मा आफूले लिने उद्घोष समेत गरे । देउवाले भने – एक पटक मलाई जिताइदिनुस । कुनै पनि हालतमा डरत्राशबाट मुक्त शासन ल्याएर छोडिन्छ । ओलीको जस्तो शासनबाट मुक्त बनाउँछु, बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस ।

Nabintech