७ बैशाख २०८१, शुक्रबार
नेकपा समाजवादी कोहलपुर १४ को अध्यक्षमा पुन चयन

  • टाइम्स संवाददाता

  • २५ मंसिर २०७८, शनिबार १८:१८

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ को नेकपा एकिकृत समाजवादीको वडा अध्यक्षमा लक्ष्मी पुन चयन भएकी छिन् । पार्टीका केन्द्रिय कमिटी सदस्य एवम् बाँके जिल्ला सह–इनचार्ज अब्दुल हेसेन खाँको प्रमुख आतिथ्यता र रतन बहादुर सुनारको अध्यक्षतामा बसेको वडा भेलाले लक्ष्मी पुनको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन गरेको छ। जसको उपाध्यक्षमा शरण खतिवडा र गीता भण्डारी, सचिवमा चन्दा थापा निर्विरोध चयन भएका छन् । उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति तथा केन्द्रीय सदस्य अब्दुल हुसेन खाँले कम्युनिष्टको पुर्नगठनको आवश्यकताका बारेमा आफनो धारणा राख्दै कम्युनिष्ट पार्टीको सिद्धान्तले मात्र परिवर्तनको संभावना भएको हुँदा पार्टिको नीती र विधिलार्इ आत्मसात गर्दै समाज परिवर्तनमा सम्पूर्ण पार्टी पंक्तिलाई लाग्न आह्वान गरेका छन् । नवनिर्वाचित अध्यक्ष लक्ष्मी पुनले पार्टिको नीतिलाइ गाउँ, समज र टोलसम्म पु¥यान आफ्नो पुरै टिम सशक्त ढंगले लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन््््। कार्यक्रमको सहजीकरण जिल्ला उपसचिव भगवती अधिकारीले गरेकी थिईन् भने कार्यक्रममा पार्टीैका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Nabintech