१४ बैशाख २०८१, शुक्रबार
सरकारले एमसिसी संसदमा ल्याय गठबन्धन तोड्ने : नेता महरा

  • टाइम्स संवाददाता

  • ३ फाल्गुन २०७८, मंगलवार १९:३१

नेपालगञ्ज : नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपाली काँग्रेसले एमसिसी टेबुल गरेको खण्डमा नेकपा माओबादी केन्द्रले गठबन्धन तोड्ने बताएका छन् । प्रथम कोहलपुर नगर कमिटिको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै नेता महराले सो कुरा बताएका हुन् ।

उनले सरकारले एमसिसी संसदमा ल्याएको खण्डमा माओवादी केन्द्रले गठबन्धनका नाममा पास नगर्ने जानकारी दिए । गठबन्दन कै आडमा आएको एमसीसी आफुहरुले पास नगर्ने पक्षमा रहेको समेत बताएका छन् । संसदमा आएको खण्डमा पनि संसदमा सभामुखले टेबुल नगर्ने समेत उनले प्रष्ट्याएका छन् ।

यस्तै बिस्तारित बैठकलाई सम्बोधन गर्दै महराले बैशाख ३० मा हुने भनिएको स्थानीय निर्बाचनमा आफ्नो पार्टीले समर्थन जनाउदै जनताको माझमा जान आतुर रहेको समेत जानकारी दिए । साथै उनले आगामी निर्वाचनलाई केन्द्रमा राखी सक्षम र उर्जावान टिम निर्माण गर्न सबै नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

Nabintech