१४ बैशाख २०८१, शुक्रबार
बाँके बर्दियाका स्थानीय तहलाई उच्च अदालतले माग्यो लिखित जवाफ

प्रत्येक स्थानिय तहको अन्त्येष्टी स्थलमा आधारभुत सेवा सुविधा उपलब्धता को अवस्था लेखेर देउ : उच्च अदालत तुलसीपुर नेपालगञ्ज


  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०७८, शुक्रबार १९:४२

नेपालगञ्ज : बाँके र बर्दियाका सबै स्थानीय तहका नाममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलासले अन्तिम संस्कार गर्ने घाटको व्यवस्था र अवस्थाको बारेमा लिखित प्रश्न सोधेको छ ।

सार्वजनिक सरोकारको सवाल भन्दै मृतकको शवको अधिकार सुनिश्चित गरि कार्यन्वयन गर्न गराउन र शव दहन अन्त्येष्टी गर्ने स्थानको व्यवस्थापन बारे सबै स्थानीय तहलाई प्रश्न सोधेको हो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट लगायतले अदालतमा दायर गरेको रिटमाथी सुनवाई गर्दै उच्च अदालत नेपालगञ्जका न्यायधिस टेकप्रसाद ढुङाना र गोकर्ण डाँगीको संयुक्त इजलासले एक महिनाभित्र जवाफ दिने निर्देशन सहित सात बुंदे प्रश्न सोधेको छ ।

प्रत्येक नगरपालिका र गाउँपालिकाका हरेक वडामा कुन कुन धार्मिक र जातिय समुदायको बसोबास छ ? र ति समुदायको अन्त्येष्टी स्थलको संख्या के कति छ, हरेक वडामा हाल विद्यमान रहेको अन्त्येष्टी स्थलको व्यवस्थापन कसले गरेको, खानेपानी, नुहाउने, पानी, विद्युतको व्यवस्था, यातायातको पहुच, साबुन, सेनिटाइजर, माक्स दाउरा लगायतका आधारभुत सेवा सुविधा उपलब्धता छ छैन भन्ने प्रश्न रहेका छन ।

यसैगरी अन्त्येष्टी स्थलको रेखदेख के कसरी भएको छ, स्थानीय तहबाट कुनै जनशक्ति खटाइएको छ छैन, सबै अन्त्यष्टी स्थलको व्यवस्थापन स्थानीय तहबाट मात्र हुन सक्छ कि यसको लागि अन्य निकायको सहयोग पनि आवश्यक छ, र अन्त्येष्टी स्थलको व्यवस्थित संचालनको लागी स्थानीय तहलाई के के स्रोत साधनको आवश्यकता पर्ने भन्ने प्रश्न रहेको छ ।

नेपाली नागरिकको नैसर्गिक अधिकार तथा मानव अधिकार अन्र्तगत सरकारले अधिकारको संरक्षण र कार्यन्वयन गर्नुपर्ने दायित्व नेपालको संविधानमा व्यवस्था गरेको छ । बाँके र बर्दिया जिल्लाका कुनै पनि स्थानीय तहले शव अन्त्येष्टीको व्यवस्थापन गरेको पाइंदैन । यसप्रति स्थानीय सरकारको उत्तरदायित्व तथा जवाफदेहिता समेत पुरा नगरेको अदालतले ठहर गरेको छ । अधिबक्ताहरु सुदिप भट्टराई, विश्वजित तिवारी, सुनिल श्रेष्ठ, केवलसिंह थारु र बसन्त गौतमले मुद्दाको बहस पैरवी गरेका थिए ।

सो घाट व्यवस्थापनका बारेमा दयार गरिएको रिटमाथी २०७८ भदौ ५ गते उच्च अदालतका बरिष्टतम् न्यायधिस डा. रत्नबहादुर बागचन्दको एकल इजलासबाट तत्काल घाटको व्यवस्थापन, लाशको अन्त्येष्टी गर्न निशुल्क दाउराको व्यवस्था, साबुन पानी, मास्क सेनीटाइजरको सम्पूर्ण व्यवस्था गर्न आदेश दिएको भएपनि अहिलेसम्म पनि कुनै स्थानीय तहले कार्यन्यवयन गरेको छैन ।

सो आदेसको कार्यन्वयन नभएपछि अदालतले सबै स्थानीय तहलाई प्रंश्न सोधेको छ । स्मरण होस स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार प्रत्ेयक स्थानीय तहले व्यवस्थित शव दह गृहको व्यवस्था गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

Nabintech