१३ बैशाख २०८१, बिहीबार
अतिक्रमित सडक संरचना हटाउनेबारे ज्ञापन पत्र

  • टाइम्स संवाददाता

  • १५ चैत्र २०७८, मंगलवार १८:३३

नेपालगञ्ज : जमुनाहादेखि नेपालगञ्ज हुँदै कोहलपुरसम्मको अतिक्रमित सडक संरचना हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगलवार सरोकारवाला निकायले ज्ञापन पत्र बुझाएका छन् ।

यसअघि बसेको सर्वदलीय बैठकले कारकाँदो चोकदेखि गणेशमान चोकसम्मलाई बिल्डप एरियामा २१ मिटर र अरु बाँकी सबैमा २५ मिटर कायम गर्ने निर्णय गरेको थियो ।

एउटै यरियामा पनि दुईवटा मापदण्ड राखिएको प्रति सरोकारवाला निकाय असन्तुष्ट भएर मंगलवार ज्ञापन पत्र बुझाएको सहभागी रमेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको उपस्थिती रहेको थियो ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले केहि समयका लागि पर सार्ने मौखिक आश्वासन दिएको उनले जानकारी दिए ।

 

Nabintech