१३ बैशाख २०८१, बिहीबार
नेपालगञ्ज–१८ मा एकसाथ ७ सडक निर्माणको लागि शिलन्यास

  • टाइम्स संवाददाता

  • १९ चैत्र २०७८, शनिबार १८:४२

नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगरपालिका वडानं १८ मा धमाधम सडक शिलन्यास संगै विकासका योजना तीब्र गतिमा अघि बढेका छन । वडा अध्यक्ष दीपक बर्मा अग्रसरतामा कार्यकालको अन्तिम समयमा पनि वडा भित्र एकसाथ सातवटा सडक निर्माणले तीब्रता पाएका छन् ।

वडाको भगवतीटोलमा स्थानीय टोलबासीको उपस्थितीमा वडा अध्यक्ष बर्माले एक कार्यक्रमको आयोजना गरि ३० लाख लागतमा आरसीसी नाला सहित पीसीसी सडक निर्माणका लागि शनिबार शिलान्यास गरेका हुन ।

वडाको विकासको लागि वडा अध्यक्ष बर्माकै पहलमा प्रदेश सरकारबाट ९० लाख बराबरको ७ वटा पीसीसी सडकको बजेट यसै आर्थिक बर्ष साउन महिनामा नै ल्याउन सफल भएका थिए । सोही बजेट उपमहानगरपालिकाबाट ठेक्का भई ७ वडा सडक निर्माणको लागि एकमुष्ट रुपमा शनिबार शिलान्यास गरिएको हो ।

सोही बजेटबाट सुरु गरिएको एउटा पीसीसी सडकको निर्माण सम्पन्न भइ सकेको र अर्को शनिबार शुरु भएको अध्यक्ष बर्माले जानकारी दिए ।

सो बजेटबाट ७ वटा सडक भगवती टोलमा दुइवटा, उज्ज्वलनगर, शिवशक्ती टोल, शिवनगर, नागरिक टोल, विशाल चौक, मोडेल एकेडेमी टोलमा निर्माण कार्य अघि बढेको छ ।

स्थानीय तहको निर्वाचको तिथि नजिकिदै गर्दा राजनीतिक दलहरु तथा स्थानीय तहमा अध्यक्षका आकांक्षीहरु निर्वाचनको गतिबिधिमा सक्रिय हुँदै गर्दा बर्माको नेतृत्वमा रहेका जनप्रतिनिधिको टिम भने वडाकै विकास निर्माणमै सक्रिय छ ।‘वडा अध्यक्ष बर्माले सो सडक शिलन्यास गर्दै भने–‘वडाको बिकासको लागि आफु प्रतिबद्ध छु र संधै रहने छु ।’

उनले आफु जनप्रतिनिधि भएर वडामा बाहली भएर आएदेखि वडामा सडक, नाली निर्माण, हाईमास्ट लाईट लगायतका विभिन्न विकास निर्माणका कार्यहरु तीब्र रुपमा अघि बढाएको दाबी गरेका छन् ।

Nabintech