७ बैशाख २०८१, शुक्रबार
शिक्षा, स्वास्थ्यको समस्यालाई समाधान गर्ने छु : रावत

  • टाइम्स संवाददाता

  • १५ बैशाख २०७९, बिहीबार ०८:१७

वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा नेकपा एमाले कोहलपुर नगरपालिका वडा न. १० बाट वडा अध्यक्ष पदका उमेदवारमा क. हेमकुमार रावत नेकपा एमाले का राजनीतिमा उदाएका नेता समेत हुन् । रावत सानै उमेरदेखि समाजसेवा पेसामा पनि उत्तिकै सक्रिय हुँदै आएका छन् ।

सानै देखि पढाईमा रावत अब्बल कोमल मन , सहयोगी भावन र अरुको दुखलाई नि आफ्नै ठानेर चिन्तन मनन गर्ने प्रवृत्तिका छन् । कर्ममा विश्वास गर्ने उनी परिवर्तनका लागि आफै लाग्न गर्ने भन्दै अब नमुना वडा निर्माणमा आफ्नो सक्रियता रहने बताउदै आफुलाई विजयी गराउन वडाबासिहरुमा अपिल पनि गरेका छन् । रावतको परिवार नेकपा एमालेको राजनितिमा सक्रिय रहदै आएको छ । उनका बुबा कोहलपुर गा.बि.सको दुई कार्याकाल अध्यक्ष र कोहलपुर नगरपालिकाको मेयर समेत भैसक्नु भएको छ । कोहलपुरमा रावत परिवारको राम्रो छाप भएका कारण आफ्ना बुबाको उत्तराधिकारीको रुपमा रावतले कोहलपुर नगरपालिका वडा नं. १० बाट अध्यक्ष पदमा उम्मे्दवारी दिएका हुन ।
शैक्षिक क्षेत्रमा कार्यरत रावत उक्त पेशालाइ त्यगेर समाज परिवर्तनका निम्ति राजनितिमा लागेका हुन । समाजमा रहेका समस्याको बारेमा जानकार रावतले शैक्षिक समस्या, स्वास्थ सम्बन्धी र जेस्ठ नागरिकका समस्याहरु समधान गर्ने योजन रहेको रावतले बताएका छन ।
सामाजिक चिन्तन मनन भएका उनी भन्छन् ” समाज परिवर्तनका लागि अब युवा नेतृत्व हुन आवश्यक भएको छ , त्यसैको सुरुवात म बाट भएको हो । मेरो जित नै समृद्ध वडा निर्माण गर्न परिकल्पना गर्ने हुने छ ।”
कांग्रेसको गढ मानिएको तर बिकास निर्माणमा धेरै पछि रहेको कोहलपुर वडा नं. १० लाई परिवर्तन गरि शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत अन्य समस्यालाई समाधान गर्नका लागि आफ्नो उम्म्ेदवारी रहेको रावतले जनाएका छन ।

Nabintech