१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा बढ्यो खानेपानीको समस्या

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०७९, सोमबार २१:३८

कोहलपुरमाका धेरै टोलहरुमा खानेपानीको समस्या देखिएको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्थाले बितरण गर्ने खानेपानी कोहलपुर नगर भित्रका टोलहरुमा नआउदा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । कोहलपुर नगरपालीका वडा नं. ११को पुरैटोल सुधार समितिका अध्यक्ष सुर्य रोकायले आफुहरुको टोलमा पानी नआएको एक महिना भयो तर पानीको महशुल भने तिर्नुपर्ने बाध्यता रहेको उनले बताए । कोहलपुरका पुरै टोल, बुद्ध नगर, प्रेम नगर, एकता नगर लगाएतका ठाउँहरुमा पानीको समस्या देखा परेको हुदा आज स्थानीयहरुले खानेपानीको कार्यालयमा पूगी जानकारी समेत गराएका थिए । उन्ीहरुले आफुरुले पानीको प्रयोग बिनानै महशुल तिर्दै आएको हुदा आफुहरुको महशुल मिनाहा गर्नुपर्ने र खानेपानी तत्काल दिनुपर्ने माग राखेका थिए । स्थानीयहरुको मागका बारेमा बोल्दै कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्थाका अध्यक्ष नरबहादुर मल्लले सडक निर्माण नालप्ी निर्माणले गर्दा खानेपालीका पाइपहरु काटिएको र पाईप मर्मत गर्नबाँकी रहेकाो हुदा उक्त समस्या देखा परेको बताएका थिए ।
खानेपानीको समस्या समाधान गर्न आफुहरु अनवरत रुपमा लागेको संस्थामा कोषध्यक्ष एकनारायण चापागाईले बताए । उनले भने पानी प्रयोग नगरेका उपभोक्ताहरुको बिल मिनाहा गर्ने बिषयमा आफुहरुको ध्यानाकर्षण भएको र सो समस्याको समाधान छिट्टै गर्ने समेत बताएका थिए । कोहलपुरमा अहिले निर्माणाधिन खानेपानी ट्यांकीहरुको संख्याकम भएको र पानीको सदुपयोग भन्दा पनि दुरुपयोग बढि भएको हुदा खानेपानी पुर्याउन अलि समस्या आएको समेत चापागाईले बताए ।

Nabintech