४ आश्विन २०८१, शुक्रबार
ज्ञान, सिप र संस्कारलाई युवा पुस्तामा पुस्तान्तरण गरिनुपर्ने : नगर प्रमुख आचार्य

ज्ञान सिप र संस्कारलाई युवा पुस्तामा पुस्तान्तरण गरिनुपर्ने


  • टाइम्स संवाददाता

  • ४ असार २०७९, शनिबार १४:२६

कोहलपुर/ असार:   प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको दास्रो साधारण सभाको अबसरमा बोल्दै कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जेष्ठ नागरिकहरुमा रहेको ज्ञान सिप र संस्कारलाई युवा पुस्तामा पुस्तानतरण गरि संबृद्ध समाज निर्माण गर्न जोड दिएका छन । कार्यक्रममा बोल्दै उन्ले जेष्ठ नागरिकहरुका मागहरु संबोधन गर्न आफु सदैब तत्पर रहेको बताएका छन ।

त्यसैगरि सोहि अबसरमा बिशिष्ट अतिथीको आसनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य आरती पौडेलले जेष्ठ नागरिकको कार्यको प्रशंसा गर्दै आफु सदैब जेष्ठ नागरिकहरुको पक्षमा पैरवी गरिरहने बताइन ।
कार्यक्रमका अबसरमा कोहलपुर नगर पालिकाका निबर्तमान प्रमुख लुट बहादुर रावत, नेकपा एमालेका नगर उपाध्यक्ष नम प्रसाद शर्मा, नेपाली काग्रेसका नेता राजेन्द्र प्रसाद श्रेष्ठ, उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेल , नेकपा माओबादि केन्द्रका प्रतिनिधि अर्जुन पौडेल लगाएतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा संस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई सम्माण गरिएको थियो भने संस्थाको आर्थिक प्रतिबेदन सिह बहादुर थापा र प्रगति एबं आगामि कार्ययोजना सचिब कृष्ण प्रसाद आचार्यले प्रस्तुत गरेका थिए ।
यसैबिच सनराइज बैंक कोहलपुर शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगर जेष्ठ नागरिक मञ्चलाई करिब ५० हजार बराबरको फर्निचर हस्तान्तरण गर्नुको साथै जेष्ठ नागरिकहरुलाई खाजाको ब्यबस्था समेत गरेको थियो ।
डम्मर कुमारी घिमिरेको सभापतित्वमा शुभारम्भ भएको कार्यक्रममा स्वागत मन्तब्य शुभद्रा शर्माले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन हरि प्रसाद पौडेलले गरेका थिए ।

Nabintech