१२ बैशाख २०८१, बुधबार
स्थानीय तह निर्वाचनमा प्रहरी प्रमुख लगायतका राज्यका निकायबाट ठाडो हस्तक्षेप :एमाले बाँके

  • टाइम्स संवाददाता

  • ६ असार २०७९, सोमबार ११:१७

बाँके: स्थानीय तहको निर्वाचनमा राज्य पक्ष बाट चरम हस्तक्षेप गरिएको नेकपा एमाले बाँकेले पत्रकार सम्मेलनमा बताएको छ । नेकपा एमाले पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा नेकपा एमाले बाँकेका अध्यक्ष किश्मत कुमार कक्षपतिले बताएका हुन। निर्वाचन सम्पन्न भएको एक महिनापछि बसेको पार्टीको चौथो पूर्ण बैठकको निर्णयबारे जानकारी दिन  आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा एमाले नेताले बताएका हुन।

‘नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का हाम्रो पार्टीका वडाअध्यक्षका उम्मेदवार अजय पाठकको उम्मेदवारी खारेजी गर्नु नै असहयोगको एउटा उदाहरण हो,’ एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले पत्रकार माझ भनेका छन।  निर्वाचनमा बाँके जिल्लाका प्रमुख निर्वाचन अधिकृत, जिल्ला प्रहरी प्रमुख लगायतका राज्यका निकायबाट ठाडो हस्तक्षेप भएको एमाले  बाँकेको आरोप छ।

त्यसै गरी खजुरा गाउँपालिका वडा नम्बर ४ को निर्वाचन परिणाम र नेपालगन्ज १८ मा एमालेका उम्मेदवार निर्वाचित भएको ८ घण्टापछि मात्र परिणाम घोषणा हुनुले शंका उत्पन्न गराएको कक्षपतिले बताएका छन।

त्यसै गरी पत्रकार सम्मेलनमा  किसानका लागि तत्काल सस्तो, सहज रुपमा धानको बीउ उपलब्ध गराउन स्थानीय निकाय र सरोकारवालासँग एमालेले माग गरेको छ । किसानका लागि अति आवश्यकीय मल उपलब्ध गराउन सरकारसँग एमालेको जोडदार माग
छ । किसानले खरिद गरेको मललाई स्थानीय प्रशासनले गर्ने धर पकड र दुब्र्यवहार तत्काल बन्द गर्न आग्रह गरेको छ ।

कृषि सिचाइँका लागि नियमित रुपमा बिद्युत आपुर्ती गर्नुका साथै लोडसेडिङ बन्द गर्न माग गरिएको छ । बाँके जिल्लाका सबै स्थानीय तहले नीति कार्यक्रम र बजेट विनियोजन गर्दा श्रमजिवी, गरिब, विपन्न, दलित, मुस्लिम, आदीवासी जनजाती र मधेसीलाई प्रमुख प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।

पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सुर्य ढकाल, केन्द्रीय सदस्य एवम् बाँके सह(इन्चार्जद्धय मोहम्मद हारुन र दीपा शर्मा, लुम्बिनी प्रदेश सदस्य शिव डोटेल, जिल्ला उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्री लगायतको उपस्थिती रहेको थियो ।

Nabintech