१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकाको ११ औं नगर सभा शुरु

“एक घर दुई विरुवा हामी आफै कुरुवा” “युवाको जवानी कोहलपुरमा लगानी“


  • टाइम्स संवाददाता

  • ८ असार २०७९, बुधबार १६:४९

कोहलपुर: कोहलपुर नगर कार्यपालिकाको एघारौं नगर सभा बुधबारदेखि कोहलपुर नगरपालिलकाको शभा हलमा शुरु भएको छ । सभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।

११ औं नगरसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका नगर प्रमुख अचार्यले जनतामाझ गरेका वाचाहरुलाईलाइ मध्य नजर राखि नीति तथा कार्यक्रम ल्याएको पाइएको छ ।

“एक घर दुई विरुवा हामी आफै कुरुवा” “युवाको जवानी कोहलपुरमा लगानी“ भन्ने मूल नाराका साथ आर्र्थिक वर्ष ०७९ /८० देखि घर नक्सा पास गरी निर्माण गर्ने धनीले नयाँ घरको निर्माण सम्पन्न प्रमाण पत्र लिनु पुर्व कम्तिमा दुई वटा बिरुवा अनिवार्य रुपमा रोपि संरक्षण गरेको प्रमाणका आधारमा प्रमाणपत्र जारी गरिने निति तथा कार्यक्रममा उल्लेख गरेका छन ।

उन्ले उत्पादन मूलक क्षेत्रमा युवा सहभागिता बढाइने र विदेशवाट रोजगारि गुमाएर फर्किएका युवालाई लक्षित गरी कृषि पेशामा आकर्षण गर्न प्रतिफलमा आधारित अनुदान सहितको अभिमुखीकरण कार्यक्रम गर्ने निति ल्याइने जनाएका छन ।

साथै प्रधानाध्यापक सशक्तीकरणका लागि प्रधानाध्यापकको विद्यालय शैक्षिक सुधार योजनाका आधारमा आर्थिक सहायता सहितको “मेरो विद्यालय, मेरो जिम्मेवारी” कार्यक्रम गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

कार्यपालिकाको एघारौं नगर सभाको अबसरमा बिभिन्न वडाबाट चुनिएका सभासदहरुले निति तथा कार्यक्रममा समेटनुपर्ने बिषय बस्तु समेत सुझाएका थिए ।

Nabintech