७ बैशाख २०८१, शुक्रबार
जाजरकोटमा ‘अभ्यास मनसुन–२’ सञ्चालन

विपद्को समयमा समन्वयात्मक ढङ्गबाट कार्यसम्पादन गर्न सहयोग पुग्ने


  • टाइम्स संवाददाता

  • ९ असार २०७९, बिहीबार १४:०६

जाजरकोट: वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनिकरण, रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न अभ्यास गरिएका छन् ।

विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद् प्रतिकार्य अभ्यास गरिएको  चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले जानकारी दिनुभयो । भेरी नगरपालिका–११ मटेलामा विपद् प्रतिकार्य सिमुलेशन ‘अभ्यास मनसुन–२’ सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
भविष्यमा आइपर्ने प्राकृतिक एवं मानव सिर्जित विपत्ति एवं दुर्घटनामा परेकाको खोज, उद्धार, उपचार एवं राहत वितरणकार्य समन्वयात्मक र असरदार ढङ्गबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यसहित जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको आयोजनामा सबै सुरक्षा निकाय र सरोकारवालाको सहभागितामा उक्त अभ्यासको आयोजना गरिएको थियो ।

उक्त अभ्यासमा चन्दननाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोमा फसेका व्यक्ति तथा उनीहरूको भौतिक सम्पत्ति र बाढीमा फसेका ब्यक्तिको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा लैजाने तथा बिरामी एवं घाइतेको प्राथामिक उपचार गरी स्वास्थ्यचौकी एवं अस्पताल लैजानेसम्मको प्रदर्शन प्रस्तुत गरेको थियो ।

 

सो गणले गत वर्ष पुस र चैत महिनामा यसै प्रकृतिका दुईवटा विपद् प्रतिकार्य अभ्यास सञ्चालन गरिसकेको छ । मनसुनपूर्व सुरक्षा निकाय, स्थानीय निकाय, रेडक्रस र स्वास्थ्य संस्था सम्मिलित गराई भएको यस ‘मनसुन–२’ विपद् प्रतिकार्य अभ्यासले विपद्को समयमा समन्वयात्मक ढङ्गबाट कार्यसम्पादन गर्न सहयोग पुग्ने गणपति गोतामेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सबै सुरक्षा निकायहरूको सहकार्यमा सम्पन्न अभ्यासले भविष्यमा विपद् उद्धार कार्यमा काम गर्न सहज हुने बताउनुभयो । दुई वर्षअघि बारेकोट गाउँपालिका–४ स्थित सार्कीटोलमा भएको घटनामा समेत सेना नै अगाडि पुगेर उद्धार  गरेको थियो ।

विपद्को समयमा रात्रिकालीन अवस्थामा पनि हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याड निर्माण गरेको सेनाले सबै खालका विपद्को समयमा अग्रमोर्चामा काम गर्दै आएको छ । भेरी नगरपालिकाको जगतीपुरमा गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री र स्थानीयलाई कपडा वितरण गरी चिसोबाट जोगाउने कामसमेत सेनाले गरिसकेको छ ।

Nabintech