१२ श्रावण २०८१, शनिबार
बुढीगंगाको पछिल्लो परिणाम : ३ हजार ६४८ मत गन्दा एमालेले २ हजार कटायो

नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मतका साथ अगाडि


  • टाइम्स संवाददाता

  • २५ असार २०७९, शनिबार १२:२६

बाजुरा :बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले २ हजार ४४३ र नेपाली काँग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत पाउनुभएको छ ।

त्यस्तै, उपप्रमुखमामा एमालेका मायाकुमारी खड्काले २ हजार २८७ मत पाउनुभएको छ भने काँग्रेसका रीता शाहीको १ हजार ३१६ मत छ । हालसम्मको मत परिणाम अनुसार एमालेले प्रमुख पदमा १ हजार १५२ मत र उपप्रमुखमा ९७१ मतले अग्रता लिएको छ ।

हालसम्म वडा नम्बर १, २, ९ र १० गरी चार वटा वडाको मत गणना सम्पन्न भएको छ ।  चार वटै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा ३ र ८ को मत गणना भइरहेको छ ।

बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

Nabintech