१२ श्रावण २०८१, शनिबार
‘मदिराले मत्त थिए, तलतलले तातेपछि विमानभित्रै चुरोट तान्दिए’

‘जहाज उडेपछि शौचालय छिर्दा चुरोटको तलतल लागेकाले तानेको हुँ।’


  • टाइम्स संवाददाता

  • ३० असार २०७९, बिहीबार १३:२४

धनगढी : बुधबार दिउँसो करिब सवा ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको जहाजमा चुरोट तानेका यात्रु अहिले प्रहरी नियन्त्रणमा छन्।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा राखेको छ। कैलालीको टीकापुर घर भएका ती २९ वर्षीय युवक नारायण उपाध्यायले आफू पहिलोपटक जहाज चढेको बताएका छन्। उनले प्रहरीसँग आफू पहिलोपटक जहाजमा चढेकाले चुरोट तान्न नमिल्ने कुराबारे जानकार नभएको बताएका हुन्।

यस्तै, उनले आफू मदिराको नशामा झ्याप भएकाले अन्जानमा उक्त घटना भएको प्रहरीसमक्ष बयान दिएका छन्। ‘काठमाडौं विमानस्थलमा चेकिङ्ग हुँदा सुरक्षाकर्मीले मेरो साथबाट चुरोट र लाइटर भेटाएका थिए। उहाँहरुले फाल्न भनेको तर मैले नफाली लुकाएर त्यो चुरोट जहाजभित्र पुगाएको थिए’ उपाध्यायको बयान उद्धृत गर्दै कैलालीका डिएसपी वेदप्रकाश जोशीले भने, ‘जहाज उडेपछि शौचालय छिर्दा चुरोटको तलतल लागेकाले तानेको हुँ।’

अब पक्राउ परेका उपाध्याविरुद्ध सार्वजनिक अभद्र व्यवहारमा मुद्दा चलाइने कैलाली प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी जोशीले बताए।जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन। त्यहाँ चुरोट तान्न पनि निषेध गरिएको हुन्छ।

 

Nabintech