१४ बैशाख २०८१, शुक्रबार
औषधि अभाबले लक्ष्मणपुर स्वास्थ्य चौकीमा इर्मजेन्सि प्रभाबित

बच्चालाइ दिइने खोप , इर्मजेन्सि र आंखाको उपचारका लागि सिमा पारीबाट समेत त्यहाका स्थानिय आउने गरेका


  • प्रमोद रिजाल

  • ३० असार २०७९, बिहीबार १५:५१

नरैनापुर:लक्ष्मणपुर स्वास्थ्य चौकिमा औषधि अभाबका कारण इर्मजेन्सि सेवा सुचारु सञ्चालन हुन सकेको छैन । बांकेको दुर्गम भनेर चिनिने नरैनापुर गाउपालिका मातहतमा रहेको लक्ष्मणपुर स्वास्थ्य चौकिमा नेपाल सरकारले निशुल्क गरेको औषधि बाहेक अन्य औषधि समेत स्थानियले निशुल्क माग गर्ने गरेकै कारण उपचारमा कठिन भएको त्यहा कार्यरत चिकित्सकहरु बताउछन ।

स्वास्थ्य संस्थाले हाल केहि औषधिहरु निशुल्क बितरण गरेका कारण यसलाइ नजर अन्दाज गरि अन्य औषधि समेत निशुल्क पाइन्छ भन्ने भ्रमका कारण स्थानियले क्लिनिकबाट औषधि किन्न नमान्दा इर्मजेन्सि सेवा सुचारु गर्न नसकिएको डा. रामगोपाल तिवारी बताउछन ।

भिडियो एक्सरे , ल्याब, इसिजि मेसिन , सबै प्रकारका ल्याब सेवा र आंखा तथा सुत्केरी सेवा प्रबाह गर्दै आएको यस अस्पतालमा भर्ना गरेर औषधि गर्नुपर्ने भएकाले नर्स समेतको अभाब रहेको छ । छाला जन्य रोगहरु एर्लजि, लुतो दाद तथा शारीर चिलाउने रोगका बिरामी अधिक आउने गरेको जनाउदै डा. तिवारीले २०७६ सालमा तत्कालि शहरी बिकास मन्त्रि इस्तियाक राइले लक्ष्मणपुर स्वास्थ्य चौकिको उदघाटन गर्दै स्थानियहरुले स्वास्थ्य सेवामा आफनो पहुच पुरयाउने बिश्वास ब्यक्त गरेका थिए तर आम जनमानसमा जनचेतना, शिक्षाको कमिले स्वास्थ्य सेवामा पहुच भएपनि बिरामी घरमै छोडेर औषधि मात्र माग गर्न आउने गरेका छन । बिरामी नजाचेर के औषधि दिनु , नदिए झगडा गर्न तम्सिन्छन चिकित्सकहरु बताउछन ।

भिडियो एक्सरे, आंखा सम्बिन्धि सेवा ल्याब र इर्मजन्सि सेवा भएपनि यस स्वास्थ्य संस्थामा निशुल्क औषधि र बहिरंग सेवा मात्र बढि चल्ने गरेको डा. तिवारी दाबि गर्छन । दुइ मेडिकल अधिकृत भएको यस प्राथमिक स्वास्थ्य केन्द्रमा जम्मा १४ जनाको दरबन्दि रहेको छ । स्वास्थ्य चौकिले यस आर्थिक बर्षमा ९४८१ जनालाई बहिरंग सेवा , ३५२ जनालाई २४ घण्टे सेवा र बर्थिगं २६४ जनालाई सेवा दिन सफल भएको छ भने ३८० जनालाई आंखा उपचार सेवा प्रदान गरेको छ ।

स्वास्थ्य चौकि इन्चार्ज डा. सुर्य प्रकाश शाहले औषधि माग गर्ने प्रक्रिया झन्झटिलो भएको बताउदै इर्मजेन्सिमा आएकालाई पहिले त औषधि गर्नुपर्यो पछि सरकारले ब्यहोर्ने बाहेक अन्य औषधिको रकम माग गर्दा विरामी र विरामी कुरुवाले यो त सरकारी संस्था हो किन पैसा मागेको भन्दै रकम नदिने बरु अस्पताल प्रशासन संग जाइलाग्ने गरेको दुखेसो पोखे ।

अपांग भएकाले समेत सोर्स र्फोस गरेर रातो कार्डको लागि दबाफ दिने गरेका छन भन्दै डा. शाहले स्वास्थ्य सेवा नपाएको गुणासो गर्दै आएका नरैनापुर बासि अहिले स्वास्थ्य सेवा घर आगनमै पाउदा पनि सन्तुष्ट हुन नसकको बताए ।

उपचार गराउदा पनि भत्ताको आस गर्ने यहाका स्थानियहरु सरकारले सुचिकृत गरेको औषधि बाहेक अन्य औषधि किन्न लगाउदा स्वास्थ्य सेवा प्रभाबित हुने गरेको डा. शाहले दुखेसो ब्यक्त गरे । बच्चालाइ दिइने खोप , इर्मजेन्सि र आंखाको उपचारका लागि सिमा पारीबाट समेत त्यहाका स्थानिय आउने गरेको भन्दै डा. शाहले अबका दिनमा पालिकाले औषधि , इर्मजेन्सि ल्याब बिस्तार गरेर सेवा दिने बाताबरण दिए स्वास्थ्य सेवा प्रभाबकारी हुने बिशवास ब्यक्त गरे ।

Nabintech