१२ बैशाख २०८१, बुधबार
डिएसपि मल्लको अर्को सफलता ठुलो मात्रामा ब्राउनसुगर सहित १ जना पक्राउ

  • टाइम्स संवाददाता

  • ३० असार २०७९, बिहीबार २०:३८

कोहलपुर-  इलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राऊ गरेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं २० मनिकापुर स्थित राँझा देखी कण्ठिपुर जाने सडक बाटोमा ६ ग्राम ब्राउन सुगर सहित एक जनालाई पक्राऊ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिनु भयो । पक्राऊ पर्नेमा नेपालगंज उपमहानगरपालिका वडा नं २२ पुरैनी बस्ने बर्ष ३२ को भगवन्त लोनिया रहेका छन ।

डिएसपी मल्लका अनुसार, बिहीबार कण्ठीपुर तर्फ बाट रांझा चोक तर्फ आउदै गरेको भे १२ प ३०१९ नम्वरको मोटर साईकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक लोनियाले लगाएको हाफ पाईन्टको खल्तिमा उक्त लागू औषध लुकाई राखेको अवस्थामा फेला परेको थियो ।
उनको साथ बाट वारदातमा प्रयोग गरेको भे१२ ३०१९ नम्बरको मोटर साईकल थान १, साथमा रहेको भिभो कम्पनिको मोवाईल सेट थान १,इन्टेल कम्पनिको सादा मोवाईल सेट थान १ बरामद गरिएको छ । लोनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी मल्लले जानकारी दिनु भयो ।

Nabintech