१२ श्रावण २०८१, शनिबार
सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा ना.६ ख १३४० नम्बरको बस र लु.२ ख ३५०२ नम्बरको विङगर गाडी बिहीबार ठोक्किँदा एक जनाको मृत्यु


  • टाइम्स संवाददाता

  • ६ श्रावण २०७९, शुक्रबार १३:५०

भरतपुर: मोरङ, कालिकोट, चितवन र भोजपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।   मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा एचआर ३८ एक्स २२१० नम्बरको कन्टेनरले को.३० प ९१०३ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार दुई जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने २७ वर्षीय हर्क परियार र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय भिम बहादुर राईको बिराट मेडिकल कलेज गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  कालिकोटको खाडाचक्र नगरपालिका–८ सिम्लेखोलास्थित सडकमा कप्र ०२००१ ख २१० नम्बरको हाइस बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाइसका सहचालक पचालझरना गाउँपालिका–५ बाँझकोट बस्ने २० वर्षीय तुफान बम रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाइस चालक समेत ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा ना.६ ख १३४० नम्बरको बस र लु.२ ख ३५०२ नम्बरको विङगर गाडी बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विङगरमा सवार हाल पहिचान नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका विङगर चालक समेत दुवै सवारी साधनमा सवार १८ जनालाई उपचारको लागि नयाँ र पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुरको भोजपुर नगरपालिका–१२ स्थित सडकमा मे.१ त ४७४४ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सुन्दर तामाङको छोरा ४ वर्षीय मेन्सन तामाङको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Nabintech