८ बैशाख २०८१, शनिबार
लघुउद्यम विकास कार्यक्रम बेरोजगारलाई रोजगारको अबसर

  • प्रमोद रिजाल

  • ६ श्रावण २०७९, शुक्रबार १४:४४

नेपालगञ्ज: स्थानिय पालिकाहरुले स्थानिय स्रोत साधनको अधिक प्रयोग गरेर लघुउद्यम विकास कार्यक्रम अन्र्तगत बिभिन्न रोजगारमुलक तालिमहरुको आयोजना गर्दै आएका छन । युवाहरुको बढदो आर्कषणका बिच लघु उद्यम कार्यक्रम प्रभाबकारी देखिएकै कारण पनि युवाहरुको आर्कषण बढेको बांके नरैनापुर गाउपालिका कृषि शाखा प्रमुख सदन भण्डारी बताउछन ।

उद्यम विकास समितीले वडास्तरबाट छनौट गरि उद्यमी युवाहरुलाई उनीहरुको रुचि अनुसार तालिम दिइ स्वरोजगारतर्फ उन्मुख गराउने गरेको छ । तालिम पश्चात ब्यबसाय शुरुवात गर्न चहाने युवाहरुलाई पुजिको लागि बिभिन्न बैंक तथा बित्तीय संस्था सम्म पहुच पुरयाइ स्वाबलम्बि बनाउन यो तालिम बार्षिक रुपमा कार्ययोजना अनुरुप सञ्चालन हुने गरेको कृषि शाखा प्रमुख भण्डारी बताउछन ।

नरैनापुरमा इडिएफ कर्मचारी मार्फत आर्थिक बर्ष ०७७/०७८ देखि यो कार्यक्रम लागु भएको छ । आर्थिक बर्ष ०७८ /७९ मा ४० जनालाई तीन महिने मोटरसाइकल मर्मत, ४० जनालाई सात दिने तरकारी खेती र ४० जनालाई नै सातदिने ब्युटिसियन तालिम प्रदान गरेको थियो ।

गत आर्थिक बर्षमा १०० जना उद्यमी बनाउने लक्ष्य रहेकोमा ८५ जनालाई बनाउन सफल नरैनापुरले गत बर्षको स्तर उन्नतीतर्फ ४० जनालाई मोटरसाइकल मर्मत सम्बन्धि तालिम दिएर २० जनालाई बाइक मर्मतको ग्यारेज समेत खोलेर आय आर्जन गर्ने बाताबरण गराइसकको छ ।

Nabintech