१२ श्रावण २०८१, शनिबार
बाँकेकी एक किशोरी बर्दियामा बलात्कृत, २ जना पक्राउ

गुरुदयालपुरका राजेश मंगता रोहन खटिकलाई पक्राउ


  • टाइम्स संवाददाता

  • ६ श्रावण २०७९, शुक्रबार १६:३२

बाँके : बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.२ की १६ वर्षिय किशोरी बलात्कृत भएकी छन् । बिहीबार ति किशोरी बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.५ स्थित आफ्नो दिदीको घरमा जाने क्रममा बढैयाताल गाउँपालिकाको फुलबारी स्थित सडकमा बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा बैजनाथ गाउँपालिका वडा नं.८ गुरुदयालपुर बस्ने बर्ष ३० को राजेश मंगता र सोही ठाउँ बस्ने बर्ष अन्दाजी २० को रोहन खटिकलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

पिडित ति किशोरीले वास्तविक नामथर थाहा नभएका अन्दाजी २४/२५ वर्षको राजेश भन्ने ब्यक्ति समेत २ जना मिली जबरजस्ती करणी गरी फरार भएको भनी बिहीबार बिहान ईलाका प्रहरी कार्यालय मैनापोखर जानकरी गराएकी थिइन ।

सोही आधारमा राजेश मंगतालाई उनको घर बाट र रोहन खटिकलाई गुलरिया नगरपालिका १२ डल्लापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुवैलाई नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nabintech