९ कार्तिक २०८१, शुक्रबार
कोरोनाबाट थप दुईको मृत्यु, सक्रिय संक्रमित तीन हजार नाघे

नेपालमा कोभिड संक्रमितको सक्रिय संख्या ३ हजार नाघेको छ


  • टाइम्स संवाददाता

  • ८ श्रावण २०७९, आईतवार १८:३३

काठमाडौं : कोभिड-१९ संक्रमणबाट देशभर आज २ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार दुईजनाको मृत्यु  हुँदा आज ३४७ जना संक्रमित भेटिएका छन्। ३ हजार ८८८ जनामा गरिएको परीक्षणमा ३४७ जनामा संक्रमण पुष्टि भएको हो। आज ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

नेपालमा कोभिड संक्रमितको सक्रिय संख्या ३ हजार नाघेको छ। हालसम्म देशभर ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौंमा  १ हजार ७६३ जना, ललितपुरमा ३१३ जना र भक्तपुरमा ८९ जना रहेका छन्। यस्तै हाल देशभर २२ जना संक्रमित आइसियुमा, २ जना भेन्टिलेटरमा, १४२ जना संस्थागत आइसोलेशन र ३ हजार ३५ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

 

Nabintech