१३ बैशाख २०८१, बिहीबार
प्रेस युनियनको अध्यक्षमा शिव लम्साल

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार ०७:५८

काठमाण्डाै: नेपाली कांग्रेस निकट पत्रकारहरुको सङ्गठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।`संस्थापन पक्षका उम्मेदवार अनिता बिन्दुलाई हराउँदै लम्साल अध्यक्षमा विजयी हुनुभएको हो । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका धेरै पदमा पनि लम्साल समूहकै बाहुल्यता छ ।

प्रेस युनियनको महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुला उपाध्यक्षमा नकुल अर्याल तथा खुला उपाध्यक्षमा भीष्मराज ओझा र कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् ।

यस्तै, प्रदेश उपाध्यक्षमा प्रदेश-१ बाट डिलीराम खतिवडा, मधेस प्रदेशमा अनिलकुमार कर्ण, वाग्मतीमा मुरारी अधिकारी, गण्डकीमा ऋषिकान्त पौडेल, लुम्बिनीमा माधव अर्याल, कर्णालीमा राजेन्द्रबहादुर कार्की सुदूरपश्चिममा प्रेम चुनारा र उपत्यका उपाध्यक्षमा जीवन भण्डारी निर्वाचित भएका छन् ।

Nabintech