१५ चैत्र २०८०, बिहीबार
अछाममा पहिरोले तीनजनाको मृत्यु, एक घाइते

पहिरोसँगै रुखले थिच्दा घर भत्किँएका छन


  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार ०८:३४

काठमाण्डाै : पहिरोले घर पुरिँदा अछाममा तीन जनाको ज्यान गएको पुष्टि भएको छ । एक जना घाइते भएका छन् ।गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा दुई जना पुरुष र एक महिला छन् । उनीहरुको  परिचय खुल्न बाँकी छ । घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार गएराति १ बजेतिर पहिरोले घर पुरेको हो । दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको छ । राति नै प्रहरीको टोली त्यसतर्फ हिँडे पनि अझै पुग्न सकेको छैन । स्थानीय निरक शाहीले भने घरभित्र सुतिरहेका तीन जनाको ज्यान गएको बताउनु भएको छ।

Nabintech