१५ चैत्र २०८०, बिहीबार
काइनेटिक ढुंगासहित सुर्खेतमा एक पक्राउ

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार ०८:५४

सुर्खेत:सुर्खेतमा काइनेटिक ढुंगासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। १६ क्वीन्टल काइनेटिक ढुंगासहित वीरेन्द्रनगर नगरपालिका ११ समावेशी टोलबाट ३२ वर्षका दीपक बस्नेत पक्राउ परेका हुन्।

उनको घरमा प्रहरीले आइतबार खानतलासी गरेको थियो। त्यसक्रममा १६ क्वीन्टल ९१ किलो सात सय ग्राम अवैध काइनेटिक ढुंगा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बस्नेतलाई थप अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

Nabintech