• ४ भाद्र २०७९, शनिबार
जङ्गली च्याउ खाँदा जुम्लामा एकै घरका ५ जना बिरामी

बिरामी परेकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ


  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार १७:०३

जुम्ला: जङ्गली च्याउको तरकारी खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन् ।  जङ्गली च्याउ खाँदा तिला गाउँपालिका ४ नुवाकोट गाउँका विष्णु हमालकाे परिवारका चारसहित त्यही घरमा बस्ने अर्का एक जना बिरामी भएका छन् ।

बिरामी पर्नेमा हमालसहित श्रीमती सम्झना, छोरीहरू सबिना र सम्झौता र घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया बिरामी परेका हुन् । बिरामी परेकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech