८ बैशाख २०८१, शनिबार
रेसिंग साहारा क्लबकोे अध्यक्षमा क्षेत्री

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार १९:४०

कोहलपुर \ रेसिंग साहारा क्लब कोहलपुरको नयाँ अध्यक्षको रुपमा चक्र क्षेत्री चयन भएका छन । आज सोमबार पत्रकार सम्मेलन गर्दै रेसिंग साहारा क्लबले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी योजनाका बारेमा जानकारी गराएको हो । नेतृत्व सम्मालेका चक्र क्षेत्रीले आगामी दिनहरुमा क्लबले स्थानीय खेलाडी र फुटबल क्षेत्रका लागेका यूवाहरुलाई क्लबमा आबद्धता गराई संस्थागत विकासलाई प्राथमिकता दिने योजना रहेको समेत बताएका थिए । यस्तै क्षेत्रीले आफ्नै पहलमा अन्डर १७ को राष्ट्र्यि खेलमा क्लबमा अबद्धता भएका ५ जना युवाहरुलाई सहभागि गराएको पनि बताएका थिए । यस्तै १३ बिगा क्षेत्रमा रहेको मैदानलाई आफ्नो कार्यकालमा घेराब्नदी गर्ने, श्राबण २६ गते देखि बालबालिकालाई फुटबल प्रति प्रेरित गर्नकालागि प्रशिक्षण गर्ने योजना समेत सुनाएका थिए । यस्तै कार्यक्रममा नयाँ नेतृत्वलाई क्लबका सल्लाहाकार किशोरराज मल्लले बधाई तथा शुभकाना दिएका थिए ।
नयाँ टिममा अध्यक्षमा चक्र क्षेत्री, उपाध्यक्ष राजुराज शर्मा, सचिव नवकिरण शाह, कोषध्यक्षमा काशिराम अधिकारी, सदस्यहरुमा सन्तोष बम मल्ल, रोशन गुरुंग, हरि कठायत, सन्तोश बस्याल, अंकित सिग्देल, नविन रायमाझि रहेका छन ।
पुरानो नेतृत्वले क्लबलाई चलाएमान नबनाउदा आफ्नो नेतृत्वमा समितिकै बहुमत साथीहरुले नेतृत्वको जिम्मा लगाएको हुदा नेतृत्व लिएको समेत क्षेत्रीले बताए । उनले अगाडीको नेतृत्वलाई कुनै पनि गुनासो नरहेको समेत जनाएका थिए ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस कोहलपुर नगर समितिका सचिव बालकुमार शर्मा, नेकपा एमाले जिल्ला कमिटि सदस्य खेमराज शर्मा, अनेरास्ववियूका केन्द्रिय सदस्य टोपराज जैशी, कोहलपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ, क्लबका शुभचिन्तक रुपेश रावल, शंकर खड्का, खेलाडी लगाए ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Nabintech