१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा एक जोडी मृत अवस्थामा फेला, घटना शङ्कास्पद

मृतकको मुखबाट रगत र दायाँ हातमा चोट लागेको अबस्था


  • टाइम्स संवाददाता

  • १० श्रावण २०७९, मंगलवार ०८:५३

कोहलपुर: बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेकाे पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । २५ वर्षीय कृष्णकुमार गडेरिया र उहाँकी २३ वर्षीया श्रीमती अञ्जली गडेरिया मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको भेटिएकाे उहाँले बताउनुभयाे ।

उनीहरुकाे विवाह भएको एक वर्ष भएको बताइएको छ ।  ‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ’, प्रनाउ न्यौपानेले भन्नुभयो । उहाँले घटना शङ्कास्पद भएको बताउँदै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो ।

Nabintech