१५ चैत्र २०८०, बिहीबार
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७९, मंगलवार ११:५२

सुर्खेत:पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।

प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ ।
राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।पाण्डेका अनुसार अस्थायी प्रहरी पोष्ट हुम्ला कालिकोटबाट प्रहरीको टोली र स्थानीयको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
Nabintech