१२ बैशाख २०८१, बुधबार
बाँके राष्ट्रिय निकुञ्जका ४० वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाए

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७९, मंगलवार १२:४३

बाँके: एक बर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जका ४० वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७८–०७९ मा विभिन्न कारणले ५१ बन्यजन्तुको मृत्यु भएकोमा ४० बन्यजन्तुको सडक दुर्घटनामा परि मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए ।

उनले पाँच वटा चित्तलले सडक दुर्घटनामा ज्यान गुमाएको बताए । सवारी साधनले किचेर १० वटा बाँदर, सात बदेल, चार रतुवा र तीन चरि बाघको मत्यु भएको जानकारी दिए । ‘अधिकांश बाँदरको सडक दुर्घटनामा परि ज्यान गएको छ,’ उनले भने ।
गत आवमा ४३ बन्यजन्तुको उद्दार गरि पुनस्र्थापना गरिएको थापाले बताए । उनले एक बर्षमा १३ वटा चित्तलको उद्धार गरि निकुञ्ज क्षेत्रमा पुनस्र्थापना गरिएको जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्जका अनुसार एक बर्षमा १३ वटा अजिंगर सर्पको उद्धार गरिएको छ । ‘उद्धार गरि पुनस्र्थापना गरिएका अजिंगर सर्प मध्ये ११ वटा बयस्क छन्,’ उनले भने, ‘निकुञ्जभन्दा बाहिर आएका सर्प र अन्य जनावरको उद्धार गरि निकुञ्ज क्षेत्रभित्र पुनस्र्थापना गरिन्छ ।’

उनले सात वटा अन्य प्रजातीका सर्पको पनि उद्धार गरि निकुञ्जमा छोडेको बताए । गोमन, धामन, करेत लगायत जातका सर्पको उद्धार गरिएको उनको भनाई छ ।

Nabintech